हिमालयन बैंकको शाखा ठमेलमा पनि

काठमाडौं : हिमालयन बैंक लिमिटेडले न्यूरोड शाखा- २ लाई स्थानान्तरण गरी ठमेलस्थित कर्मचारी सञ्चय कोषको कार्यालय भवनमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।
नयाँ शाखाको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक एसजेवी राणाले अन्य कार्यकारी अधिकृतहरू तथा विशिष्ट अतिथिहरूको उपस्थितिमा गरेका छन्।
ठमेल शाखाले २०८२ साल जेठ २५ गते देखि औपचारिकरूपमा सेवा सुरु गरेको हो।
हाल हिमालयन बैंकले देशभर १७४ शाखा कार्यालय, २० एक्सटेन्सन काउन्टर, २८६ एटीएम बुथ, ८,००० भन्दा बढी पीओएस टर्मिनल तथा १५,००० भन्दा बढी रेमिटेन्स भुक्तानी काउन्टरमार्फत ग्राहक सेवा प्रदान गरिरहेको छ।
शाखा स्थानान्तरणसँगै, बैंकले ग्राहकलाई अझ प्रभावकारी र सहज सेवा दिन सकिने विश्वास व्यक्त गरेको छ।
जेठ २५, २०८२ आइतबार १४:२०:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।