सप्तकोशीमा बेपत्ता गोताखोरको शव फेला

धरान : विपद् उद्धार अभ्यासका क्रममा सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ स्थित सप्तकोशी नदीमा बेपत्ता भएका गोताखोरमध्ये बाँकी एक जनाको शव फेला परेको छ।
सशस्त्र प्रहरी बलको पर्सा दरबन्दीमा कार्यरत र हाल छिन्नामस्ता बाहिनी मुख्यालयमा खटिएका डोटीका सुरज साउदको शव आइतबार बिहान ११ बजे कोशी ब्यारेजको ५५ नम्बर ढोका नजिकै फेला परेको जिल्ला प्रहरी कार्यालय, सुनसरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिए।
बेपत्ता भएका अर्का सशस्त्र प्रहरी जवान हरदेव राजवंशीको शव शुक्रबार नै फेला परेको थियो।
दुवैजनाको खोजीमा सशस्त्र प्रहरी बलका गोताखोर टोली र विपद् व्यवस्थापनमा तालिम प्राप्त विशेष टोली खटिएको थियो।
जेठ २५, २०८२ आइतबार १३:५२:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।