विलासी कर र भ्याट खारेज गर्न माग गर्दै सुनचाँदी व्यवसायीको विरोधमा उत्रिए

काठमाडौं : सरकारले आगामी बजेटमा सुनका गहनामा २ प्रतिशत विलासी कर र हिराका गहनालाई भ्याट प्रणालीमा ल्याउने निर्णय गरेपछि सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिले आज काठमाडौंमा विरोध प्रदर्शन गरेको छ।
विरोधमा उत्रिएका व्यवसायीहरूले सरकारको निर्णयले सुनचाँदी व्यवसाय धराशायी हुने भन्दै तुरुन्त खारेज गर्न माग गरेका छन्। उनीहरूले उपभोक्ता, कर्मचारी, कालिगढ र व्यवसायी सबैको हितमा हुने गरी कानुन निर्माण गर्न पनि आग्रह गरेका छन्।
गहनामा करको भार बढेमा कालोबजारी र तस्करी झनै बढ्ने खतरा रहेको संघर्ष समितिको तर्क छ।
जेठ २५, २०८२ आइतबार १३:११:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।