कोलम्बियाका राष्ट्रपति उम्मेदवार उराइबमाथि चुनावी सभामै गोली प्रहार

कोलम्बियाका राष्ट्रपति उम्मेदवार उराइबमाथि चुनावी सभामै गोली प्रहार

एजेन्सी : कोलम्बियाका दक्षिणपन्थी नेता तथा राष्ट्रपति उम्मेदवार मिगुएल उराइबमाथि बोगोटामा भएको चुनावी कार्यक्रममा गोली प्रहार भएको छ। ३९ वर्षीय उराइब अहिले आइसीयूमा उपचाररत छन्।

घटनामा संलग्न रहेको आशङ्कामा १५ वर्षीया किशोरीलाई पक्राउ गरिएको छ। प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

सरकार, विपक्ष र बोगोटाका मेयरले आक्रमणको कडा निन्दा गरेका छन्। राष्ट्रपति कार्यालयले यसलाई लोकतन्त्रमाथिको आक्रमण भनेको छ।

उराइब पूर्वराष्ट्रपति जुलियो सेजर टर्बेका नाति हुन् र सन् २०२२ देखि सिनेटरका रूपमा कार्यरत छन्।

सुरक्षामन्त्रीले दोषी पहिचान गर्न जानकारी दिने व्यक्तिलाई ७ लाख डलर इनाम घोषणा गरेका छन्। 

सामाजिक सञ्जालमा भाइरल भएको एउटा भिडियोमा ३९ वर्षीय उराइबले अचानक गोली चल्दा धेरै मानिसको अगाडि भाषण दिँदै गरेको देखिन्छ।

अन्य तस्बिरहरूमा उनी रगतले लतपतिएको अवस्थामा सेतो कारको बोनटमा ढलेको र केही पुरुषहरूको समूहले उनलाई सम्हालेको देखिन्छ।

जेठ २५, २०८२ आइतबार १२:२०:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।