प्रतिनिधि सभा बैठक बस्नु अघि विपक्षी दलको बैठक बस्दै

प्रतिनिधि सभा बैठक बस्नु अघि विपक्षी दलको बैठक बस्दै

काठमाडौं : प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा जारी अवरोधबारे छलफल गर्न विपक्षी दलहरूको बैठक बोलाएका छन्।

प्रतिनिधि सभा बैठक चल्न नसकेको अवस्थामा प्रचण्डले संसद् भवन नयाँ बानेश्वरमा आइतबार मध्यान्ह १२ बजे बैठक डाकेका हुन्। 

भिजिट भिसा प्रकरणमा छानबिन समिति गठनको माग गर्दै आएको विपक्षी गठबन्धनले गत जेठ १३ देखि प्रतिनिधि सभाको बैठक अवरुद्ध गर्दै आएको छ।

शनिबार मात्रै सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रचण्डबीच भेटवार्ता भएको थियो। आजको बैठकमा उक्त भेटबारेपनि उनले जानकारी दिने बताइएको छ। 

जेठ २५, २०८२ आइतबार ११:३९:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।