सुन तोलामा तीन हजारले घट्यो

सुन तोलामा तीन हजारले घट्यो

काठमाडौं : शुक्रबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु तीन हजारले घटेको छ। चाँदीको मोल पनि तोलामा रु ५ ले  घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु एक लाख ९० हजार ७०० कायम भएको छभने सोही परिमाणको चाँदीको मूल्य रु दुई हजार १४५ निर्धारण भएको छ। 

अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुनको मूल्य तीन हजार ३११ डलर कायम भएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमरूले जनाएका छन्। 

जेठ २५, २०८२ आइतबार ११:२५:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।