लगातार तेस्रो जितको लक्ष्यसहित मैदानमा उत्रिँदै नेपाल, आज स्कटल्याण्डसँग भिड्ने

लगातार तेस्रो जितको लक्ष्यसहित मैदानमा उत्रिँदै नेपाल, आज स्कटल्याण्डसँग भिड्ने

काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपालले आज स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ।

त्रिदेशीय एकदिवसीय शृङ्खलाको तेस्रो खेल अन्तर्गत स्कटल्याण्डको डुन्डेमा रहेको फोर्टहिल क्रिकेट मैदानमा नेपाल र स्कटल्याण्डबीच खेल अपराह्न पौने ४ बजे सुरु हुनेछ।

यसअघि शृङ्खलाको पहिलो खेलमा नेपालले घरेलु टोली स्कटल्याण्डलाई एक विकेटले हराएको थियो। दोस्रो खेलमा नेपालले नेदरल्याण्ड्सलाई ५ विकेटले पराजित गरेको थियो।

अहिलेसम्म १४ खेल खेलेको नेपाल १० अङ्कसहित लिगको सातौँ स्थानमा छ। अमेरिका २० खेलमा २८ अङ्कसहित शीर्ष स्थानमा छ भने नेदरल्याण्ड्स २२ खेलमा २६ अङ्कसहित दोस्रो र ओमान २० खेलमा २४ अङ्कसहित तेस्रो स्थानमा छन्।

स्कटल्याण्ड १८ खेलमा २२ अङ्कसहित चौथो स्थानमा रहँदा क्यानडाले २० खेलमा २० अङ्क र नामिबियाले २० खेलमा १४ अङ्क जोडेको छ। नेपाल लगातार तेस्रो जितको लक्ष्य सहित मैदानमा उत्रिँदैछ।  

जेठ २५, २०८२ आइतबार ०९:३०:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।