झापामा मोटरसाइकल दुर्घटना हुँदा सशस्त्र प्रहरी नायब निरीक्षकको मृत्यु

झापा : पूर्वपश्चिम राजमार्गअन्तर्गत कमल गाउँपालिका–३ सानो केर्खामा गए राति भएको मोटरसाइकल दुर्घटनामा एक सशस्त्र प्रहरी नायब निरीक्षक मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार दुर्घटनामा इलामस्थित सशस्त्र प्रहरी बल नेपालमा कार्यरत सशस्त्र प्रहरी नायब निरीक्षक पुरनलाल राजवंशीको मृत्यु भएको हो।
बिर्तामोडबाट केर्खातर्फ जाँदै गरेको प्र१–०२–००५२प ७०२९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको थियो।
खड्काले जानकारी दिएअनुसार दुर्घटनामा गम्भीर घाइते भएका राजवंशीलाई तत्काल बिर्तामोडस्थित बीएन्डसी अस्पताल लगिएको थियो। तर उपचारका क्रममा उनको ज्यान गएको हो।
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
जेठ २५, २०८२ आइतबार ०७:५५:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।