आजकाे मौसमः पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

आजकाे मौसमः पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

काठमाडौं : देशको पश्चिम र मध्य भूभागमा हाल पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव देखिएको छ भने कोशी प्रदेशमा भने मनसुनी वायुको प्रभाव व्यापक रुपमा फैलिएको छ। मौसम पूर्वानुमान अनुसार आज देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी ठाउँहरूमा मौसम सफा रहनेछ।

आज दिउँसो कोशी र मधेश प्रदेशसहित देशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी प्रदेशका थोरै स्थानहरू र मधेशसहित अन्य प्रदेशका पहाडी क्षेत्रमा एक–दुई ठाउँमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्को भनाइ छ।

साथै, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई ठाउँमा हल्का वर्षासँगै हिमपात पनि हुनसक्नेछ।

आज राति कोशी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने अन्य ठाउँहरूमा मौसम सामान्यतया सफा हुने देखिएको छ। रातिको समयमा पनि कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।

यस्तै, यी दुई प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा पनि हल्का वर्षा र हिमपातको सम्भावना छ।

कोशी र गण्डकी प्रदेशमा बसोबास गर्नहरूलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार यो वर्षको मनसुन २०८२ जेठ १५ गते देखि नेपालको पूर्वी भागबाट प्रवेश गरी हाल कोशी प्रदेशका अधिकांश भूभागमा विस्तार भइसकेको छ।

जेठ २५, २०८२ आइतबार ०७:०९:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।