वर्षा लागिसकेकाले अहिले ठूलो आन्दोलन हुँदैन, उपयुक्त समयमा गर्छौं : अध्यक्ष लिङ्देन

झापा : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको वर्षायाममा ठूला आन्दोलन सम्भव नभएकाले पार्टीले उपयुक्त समय पर्खिने बताएका छन्।
झापाको हल्दिबारीमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले राप्रपाले उठाएका मुद्दा केवल राजसंस्था र हिन्दू राष्ट्रका लागि मात्रै नभएर देशमा सुशासन र समृद्धिका लागि पनि भएको बताए।
'अब ठूलो आन्दोलन तुरुन्तै हुने छैन, उपयुक्त समयमा हामी निर्णायक आन्दोलन गर्छौं,' उनले स्पष्ट पारे।
उनले अहिलेकाे अवस्थामा नेतृत्व परिवर्तनको खाँचाे रहेकाे भन्दै भने, 'जुनसुकै व्यवस्था आए पनि तीन दशकदेखि सीमित नेताहरूले देश चलाउँदै आएका छन्, अब नेतृत्व परिवर्तनको खाँचो छ।'
अध्यक्ष लिङ्देनले संविधानप्रति पार्टीको केही असहमति रहे पनि केही कुराहरू भने सकारात्मक रहेको उल्लेख गरे।
उनले संविधानका कतिपय प्रावधानहरूमा सुधारको आवश्यकता औंल्याउँदै राप्रपा जनताको भावना अनुसारको परिवर्तनको पक्षमा रहेको बताए।
जेठ २४, २०८२ शनिबार २०:३८:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।