विपद् उद्धार अभ्यासमा बेपत्ता दुई प्रहरीमध्ये एकको शव भेटियो

धरान : विपद् उद्धार अभ्यासका क्रममा बिहीबार सप्तकोशी नदीमा बेपत्ता भएका दुई जना सशस्त्र प्रहरीमध्ये एक जनाको शव फेला परेको छ भने अर्का एक जनाको खोजी अझै जारी छ।
शुक्रबार सप्तकोशी नदीको किनारमा दन्तकाली विशेष कार्यतालिम शिक्षालय, सप्तरीमा कार्यरत हरेदेव राजवंशीको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुमनकुमार तिमल्सिनाले जानकारी दिएका छन्।
उनीसँगै बेपत्ता भएका डोटीका सुरज साउद भने अझै फेला परेका छैनन्। तिनको खोजीका लागि सशस्त्र प्रहरी बलका गोताखोर टोली र विपद् व्यवस्थापन तालिम प्राप्त टोली खटाइएको उपरीक्षक तिमल्सिनाले जानकारी दिए।
जेठ २४, २०८२ शनिबार १८:३९:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।