‘द भोइस अफ नेपाल ६’ का विजेता पाण्डेलाई क्लोजअपले दियो एक लाख

काठमाडौं : ‘द भोइस अफ नेपाल सिजन ६’ को ग्राण्ड फिनाले भव्य ढंगले सम्पन्न भएको छ।
सिजनका उत्कृष्ट चार प्रतिस्पर्धीहरू रोशन राई, प्रोशेष पाण्डे, प्रमेश राई र अर्पणा आचार्यमध्ये प्रोशेष पाण्डेले विजेताको उपाधि जित्न सफल भएका छन्।
सिजन ६ का शीर्ष प्रायोजक क्लोजअपले विजेता प्रोशेषलाई नगद रु. १ लाख को पुरस्कार प्रदान गरेको छ। सो पुरस्कार युनिलिभर नेपालका कानूनी प्रमुख तथा कम्पनी सचिव गोविन्द शाही ले हस्तान्तरण गरेका थिए।
क्लोजअपले आत्मविश्वास र संगीतप्रतिको नजिक सम्बन्धलाई आत्मसात गर्दै, द भोइस अफ नेपालजस्तो लोकप्रिय र सिर्जनात्मक प्लेटफर्मसँग सहकार्य गर्दै आएको हो।
‘हामी सधैं आत्म–अभिव्यक्तिलाई सघाउने, मानिसहरूलाई जोड्ने र ताजगीको अनुभूति दिने ब्रान्डका रूपमा अगाडि बढिरहेका छौं। द भोइस अफ नेपालसँगको सहकार्यले नयाँ प्रतिभा उजागर गर्न र दर्शकहरूसँग अझ गहिरो सम्बन्ध बनाउन सहयोग पुर्यााएको छ,’ क्लोजअपका एक प्रतिनिधिले भने।
जेठ २४, २०८२ शनिबार १७:०९:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।