दराजको ६.६ मेगा मिड इयर सेल : गर्मीको किनमेलमा ८० प्रतिशतसम्म छुट, १ करोड बराबरको उपहार

काठमाडौं : अनलाइन किनमेल प्लेटफर्म दराजले यो वर्षको ‘६.६ मेगा मिड इयर सेल’ को घोषणा गरेको छ।
जेठ २३ गतेदेखि २७ गतेसम्म सञ्चालन हुने यो धमाकेदार अफरमा दराजले उपभोक्ताहरूका लागि ८० प्रतिशतसम्म छुट, निःशुल्क होम डेलिभरी, र १ करोड रुपैयाँ बराबरका भौचरहरूको व्यवस्था गरेको जानकारी दिएको छ।
यो सेलअन्तर्गत दराजले विभिन्न ब्रान्डहरूमा आकर्षक छुटहरू उपलब्ध गराउनेछ। फ्ल्याट ६६ प्रतिशत छुटका साथै, प्लेटिनम ब्रान्ड ‘सिताफिल’, ‘आइविबी’ र ‘एंकर’ मा ११ प्रतिशत सम्म, गोल्ड ब्रान्ड ‘नाइक’ मा ५० प्रतिशत सम्म र सिल्भर ब्रान्ड ‘र्होटो’ र ‘न्यानो डायपर्स’ मा ४० प्रतिशत सम्म छुट दिइनेछ।
६.६ सेलको मुख्य आकर्षणमध्ये एक हो ‘फास्टेस्ट फिंगर फ्ल्याश सेल’, जसमा मध्यरात, बिहान ८ बजे, ११ बजे, दिउँसो ३ बजे र राति ८ बजे सीमित स्टकका विशेष सामग्रीहरू मात्र रु. ६ मा उपलब्ध गराइनेछ। यसमा छिटो क्लिक गर्ने ग्राहकहरूले मात्र अफरको फाइदा लिन सक्नेछन्।
दराजले यस सेललाई उत्साहजनक बनाउन ‘एड टु कार्ट एण्ड विन’ र ‘बाई एण्ड विन’ जस्ता योजनाहरू पनि ल्याएको छ। ‘एड टु कार्ट एण्ड विन’ अन्तर्गत रु. १०,००० भन्दा बढी मूल्यका सामग्री कार्टमा राख्ने ग्राहकहरू मध्ये ५ जनालाई रु. ९,००० सम्मको उपहार दिइनेछ।
त्यस्तै, ‘बाई एण्ड विन’ योजनामा कम्तीमा रु. ५,००० को खरिद गर्ने ग्राहकमध्ये १ जनाले रु. ५२,५०० बराबरको ग्लेन होम अप्लायन्सेस बन्डल जित्ने मौका पाउनेछन्।
उपभोक्ताहरूलाई अझ सस्तो मूल्यमा सामान उपलब्ध गराउन दराजले 'बेस्ट प्राइस' ट्याग भएका वस्तुहरू खोज्न आग्रह गरेको छ। यदि ती वस्तु अरु कुनै नेपाली अनलाइन स्टोरमा अझै सस्तोमा भेटिएमा र निर्धारित सर्तहरू पुरा गरेमा, दराजले मूल्य अन्तरको दोब्बर रकम फिर्ता दिनेछ।
साथै, दराजले १४ दिनभित्र सहज र पारदर्शी रिटर्न/रिफन्ड प्रक्रिया पनि उपलब्ध गराउँदै आएको छ। यसका लागि ग्राहकहरूले दराज एकाउन्टमा लगइन गरी रिटर्न बटन थिचेर प्रक्रिया सुरु गर्न सक्नेछन्।
दराजले ग्राहकहरूलाई अनलाइन किनमेल अनुभवलाई सहज, सुरक्षित र भरपर्दो बनाउन प्रतिबद्ध रहेको जनाएको छ।
यो सेल अफरको थप जानकारी र सहभागी हुन दराज एप डाउनलोड गर्न तथा समयमै अफरहरूमा सहभागिता जनाउन आग्रह गरिएको छ।
जेठ २४, २०८२ शनिबार १६:५७:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।