हिमानी र हृदयन्द्रसहित जुम्ला पुगे ज्ञानेन्द्र शाही

जुम्ला : पूर्व युवराज्ञी हिमानी शाह र उनका छोरा हृदयन्द्र शाहलाई जुम्लामा भव्य स्वागत गरिएको छ।
शनिबार हिमानी ट्रस्टले निर्माण गर्न लागेको बर्थिङ सेन्टरको शिलान्यास र सिँचाइ पोखरीको उद्घाटन गर्न उनीहरू जुम्ला पुगेका हुन्।
हिमानी र हृदयन्द्र सांसद ज्ञानेन्द्र शाहीसँगै जुम्ला गएका हुन्। शाहीले जानकारी दिएअनुसार जुम्लाको गुठिचौर र हिमास्थित दुई स्थानमा बर्थिङ सेन्टर निर्माण गरिनेछ।
शिलान्यास कार्यक्रममा स्थानीयबासीले हिमानी र हृदयन्द्रको स्वागत गरेका थिए।
जेठ २४, २०८२ शनिबार १६:२१:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।