दोलखामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

दोलखामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

रामेछाप : दोलखाको गौरीशंकर गाउँपालिका-४ झ्याँकुमा जिप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ। 

शुक्रबार राति बा१६च ७६५१ नम्बरको जिप दुर्घटना हुँदा उनीहरूको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। 

दुर्घटनामा परी सोही वडाकी फूलमाया शेर्पाको घटनास्थलमा नै ज्यान गएका थियो। अर्की गम्भीर घाइते ३२ वर्षीय डोल्मा शेर्पालाई उपचारको लागि जिल्ला सदरमुकाम चरिकोट ल्याइएको थियो। उनलाई पनि उपचारको लागि ल्याउँदै गर्दा बाटोमा नै ज्यान गएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा सामान्य घाइते छिरी शेर्पालाई उपचारको लागि सिंगटी लगिएको छ। उनको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

जेठ २४, २०८२ शनिबार १५:२२:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।