बाढीले नेपाल-चीन सीमाको ७१ नम्बर पिल्लर पुरियो

बाढीले नेपाल-चीन सीमाको ७१ नम्बर पिल्लर पुरियो
ai image

सङ्खुवासभा : सङ्खुवासभाको भोटखोला गाउँपालिका-१ किमाथाङ्का क्षेत्रमा बाढीले नेपाल–चीन सिमानामा रहेको ७१ नम्बर सीमास्तम्भ पुरिएको छ।

अविरल वर्षासँगै दोङ्गोप्पा खोला र छोकाङ खोलामा जेठ १८ गते आएको बाढीले नेपालतर्फको सिमास्तम्भ बगाएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख अभिषेक श्रेष्ठले जानकारी दिए। उनका अनुसार सीमास्तम्भ पुरिएर हराएको अवस्थामा छ।

घटनाको जानकारी प्राप्त भएलगत्तै इलाका प्रहरी चौकी किमाथाङ्काबाट प्रहरी टोली खटिएको छ। पछिल्लो केही दिनदेखि सो क्षेत्रका माथिल्लो भागमा लगातार वर्षा भइरहेको प्रहरीले जनाएको छ।

जेठ २४, २०८२ शनिबार १५:०४:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।