अमेरिकी राष्ट्रपति ट्रम्प र अर्बपति मस्कको विवादबारे बोल्यो चीन

अमेरिकी राष्ट्रपति ट्रम्प र अर्बपति मस्कको विवादबारे बोल्यो चीन

बेइजिङ : चीनको विदेश मन्त्रालयले अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र अर्बपति उद्यमी एलोन मस्कबीचको पछिल्लो वाकयुद्धप्रति प्रतिक्रिया जनाएको छ।

शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा चीनका विदेश मन्त्रालयका प्रवक्ता लिन जियानलाई ट्रम्प र मस्कबीच बढ्दै गएको टकरावबारे प्रश्न सोधिएको थियो।

सो प्रश्नको जवाफमा प्रवक्ता लिनले संक्षिप्त प्रतिक्रिया दिँदै भने, ‘यो अमेरिकाको घरेलु मामिला हो।’

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र टेस्ला तथा स्पेसएक्सका सीईओ एलोन मस्कबीच पछिल्लो समय सार्वजनिक रूपमा चर्को र आलोचनात्मक टिप्पणीको आदानप्रदान भइरहेको छ।

यसै क्रममा ट्रम्पले मस्कका कम्पनीहरूको संघीय सरकारसँग रहेका ठूला व्यापारिक सम्झौताहरूलाई प्रभावित पार्ने वा रद्द गरिदिनेसम्मको धम्की दिएका छन्।

राजनीतिक विश्लेषकहरूका अनुसार, यदि ट्रम्पले सरकारी संयन्त्रलाई मस्कविरुद्ध प्रयोग गरेमा अर्बपति प्रविधि उद्यमी मस्कका लागि यो निकै महँगो साबित हुने बताएका छन्।

यद्यपि, यो वाकयुद्ध एकतर्फी छैन। ट्रम्पको आक्रमणपछि मस्कले पनि कडा प्रतिवाद गरेका छन्। उनले ट्रम्पविरुद्ध महाभियोगको कुरा उठाएका छन् र ट्रम्पले उनका कम्पनीहरूको कोष (फन्डिङ)मा कटौती गर्ने प्रयास गरिरहेको समाचारमा उल्लेख छ।

जेठ २४, २०८२ शनिबार ०९:३०:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।