लुम्बिनी अस्पतालका प्रमुख डा. ढकाललाई तुरुन्तै गजेन्द्र नारायण अस्पताल जान स्वास्थ्य मन्त्रालयको निर्देशन

लुम्बिनी अस्पतालका प्रमुख डा. ढकाललाई तुरुन्तै गजेन्द्र नारायण अस्पताल जान स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा रहेका डा. इन्द्र ढकाललाई तुरुन्तै सप्तरिको गजेन्द्र नारायण सिंह अस्पतालमा पठाउनका लागि पत्राचार गरेको छ।

 स्वास्थ्य मन्त्रालयले शुक्रबार लुम्बिनी प्रादेशिक अस्पताललाई पत्र लेख्दै दरबन्दी रहेको निकाय (गजेन्द्र नारायण सिंह अस्पताल)मा हाजिर हुन पठाइदिन अनुरोध गरेको हो। डा. ढकाल लुम्बिनी प्रादेशिक अस्पतालका प्रमुखको भूमिकामा छन्। उनी यस अघि पनि अस्पतालको प्रमुख थिए।

स्वास्थ्य मन्त्रालय लेखेको पत्रमा २०८१ असार ५ को निर्णय अनुसार गजेन्द्र नारायण सिंह अस्पतालमा पदस्थापन भएका दशौं तहका वरिष्ठ कन्सल्टेन्ट र्ओपेडिक सर्जन डा. ढकाल लुम्बिनी प्रादेशिक अस्पतालमा काजमा रहँदा गजेन्द्र नारायण सिंह अस्पतालको सेवा प्रवाहमा कठिनाइ भएको उल्लेख छ।

अस्पतालको सेवा प्रवाहमा कठिनाइ भएको भन्दै गजेन्द्र नारायण सिंह अस्पतालले २०८१ कात्तिक २७ मा पत्र लेखेको र मौखिक ताकेता समेत गरेकोले उनलाई अबिलम्ब दरबन्दी रहेको निकायमा हाजिर हुन पठाएर  जानकारी दिन स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको छ।

डा. ढकाल लुम्बिनी अस्पतालको खरिद लगायत विवादमा मुछिएका चिकित्सक हुन्। उनी लुम्बिनी अस्पतालमा हाल भइरहेको एमआरआईको खरिद विवादमा समेत मुछिएका छन्।

जेठ २३, २०८२ शुक्रबार २१:५८:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।