सानिमा बैंकका ग्राहकका लागि सफायर एस्थेटिक्समा विशेष छुट

काठमाडौं : सानिमा बैंकले आफ्ना ग्राहकलाई डिजिटल भुक्तानी प्रयोग गर्न प्रोत्साहनस्वरूप ललितपुर, कुपन्डोलस्थित सफायर एस्थेटिक्स प्रा. लि. मा विशेष छुटको व्यवस्था गरेको छ।
अब सानिमा बैंकका ग्राहकहरूले सानिमा भिसा डेबिटरक्रेडिट कार्ड वा सानिमा मोबाइल बैंकिङ एप प्रयोग गरी सफायर एस्थेटिक्सका सेवामा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।
बैंकले यसअघि पनि आफ्ना डिजिटल सेवाको प्रयोग बढाउन विभिन्न किसिमका छुट र अफरमार्फत ग्राहकलाई प्रोत्साहित गर्दै आएको छ।
हाल सानिमा बैंकको देशभर ७ वटै प्रदेशमा १३४ वटा शाखा र १२७ वटा एटीएम सञ्चालनमा छन्। बैंकले डिजिटल बैंकिङको प्रयोग विस्तारसँगै ग्राहक सुविधा थप सहज र प्रभावकारी बनाउने लक्ष्य लिएको जनाएको छ।
जेठ २३, २०८२ शुक्रबार २१:११:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।