उकालोमा ब्रेक फेल भएपछि माइक्रोबस सडकबाट १० मिटर तल खस्यो, आठ जना घाइते

काठमाडौं : तारकेश्वर नगरपालिका-३ तीनपिप्ले, भुवनेश्वरी मन्दिर नजिक माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते भएका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अलिराज बोहराका अनुसार बनेपाबाट भुवनेश्वरी मन्दिर घुम्न आएका यात्रु बोकेको बा १ ज ८६८५ नम्बरको माइक्रोबस उकालोमा ब्रेक फेल भएर सडकबाट १० मिटर तल खस्दा दुर्घटना भएको हो।
दुर्घटनामा काभ्रे बनेपा नगरपालिका-१० की ३८ वर्षीया सुनिता खड्का, ३८ वर्षीया शारदा रावत, ३७ वर्षीया अनिता थापा, ६० वर्षीया कान्छी खड्का, ४५ वर्षीया रामशोभा थापा, ४५ वर्षीया शान्ता खत्री, ७० वर्षीया पार्वती काफ्ले र ३७ वर्षीया लक्ष्मी खड्का घाइते भएको प्रहरीले जनाएको छ।
सबै घाइतेको उपचार जरङ्खुस्थित मेगा ग्रिनसिटी अस्पतालमा भइरहेको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
जेठ २३, २०८२ शुक्रबार १९:५७:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।