भेरी नदीमा बेपत्ता भएका तीन मध्य दुई जनाको शव फेला, एकको अवस्था अझै अज्ञात

भेरी नदीमा बेपत्ता भएका तीन मध्य दुई जनाको शव फेला, एकको अवस्था अझै अज्ञात
ai image

सुर्खेत : जाजरकोटको नलगाड नगरपालिका-८ मा भेरी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका तीन जनामध्ये दुईको शव फेला परेको छ। 

भेरी नदीको मन्मैमा पौडी खेल्ने क्रम्मा १५ वर्षीया भगवती नेपाली र १० वर्षीय महेश कुसारीको शव फेला परेको जाजरकोटका प्रहरी नायब उपरीक्षक  वसन्त शर्माले बताए। १२ वर्षीया आशा कुसारी अझै बेपत्ता छन्। 

बेपत्ताको खोजी जारी छ। आज दिउँसो २ बजे भेरीमा पौडी खेल्ने क्रममा उनीहरू भेरीमा बेपत्ता भएका हुन्। जाजरकोट तर्फको ६ ठाउँमा प्रहरी परिचालन गरेर बेपत्ताको खोजी भइरहेको जाजरकोटका डिएसपी शर्माले जानकारी दिए। आशा र महेश एकै घरका दिदी भाई हुन्। 

जेठ २३, २०८२ शुक्रबार १८:४३:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।