माधव नेपालमाथि मुद्दा दर्ता हुँदा प्रचण्डलाई लाग्यो राजनीतिक प्रतिशोध

माधव नेपालमाथि मुद्दा दर्ता हुँदा प्रचण्डलाई लाग्यो राजनीतिक प्रतिशोध

काठमाडौं : एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालविरुद्ध दर्ता गरिएको भ्रष्टाचार मुद्दामा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले राजनीतिक प्रतिशोधको गन्ध मानेका छन्। प्रचण्डले शुक्रबार नेपालविरुद्ध दर्ता गरिएको भ्रष्टाचार मुद्दा राजनीतिक प्रतिशोधको परिणाम भएको आरोप लगाएका छन्।

शुक्रबार संघीय संसद् भवनमा बसेको प्रतिपक्षी दलहरूको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले भने, ‘माधव जी को विषयमा माधवजी नै आश्चर्य छु भन्नुभएको छ। अदालतप्रति माधवजीलाई भरोसा छ। अदालतले न्याय गर्छ म छिटै सफाई पाएर फर्कन्छु भन्ने विश्वास पनि उहाँले व्यक्त गर्नुभएको छ। तर यसमा प्रधानमन्त्रीजीको राजनीतिक प्रतिशोधको गन्ध त आएको छ। र अख्तियारले पनि कतै न कतै गम्भीर प्रश्न जन्माएको छ।’

त्यस्तै, प्रचण्डले पछिल्ला राजनीतिक घटनाक्रमबारे सत्तारूढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गर्ने प्रतिपक्षी दलहरूको निर्णय भएको जानकारी पनि दिएका छन्।

भिजिट भिसा प्रकरणको छानबिन गर्न सरकार प्रतिबद्ध देखिएको भन्दै उनले राजनीतिक गतिरोध टुंग्याउने सम्भावना रहेको संकेत गरे।

जेठ २३, २०८२ शुक्रबार १७:२७:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।