पत्रकार बनेर असुली धन्दा चलाइरहेका सरकारी कर्मचारी टिका प्रसादविरुद्ध भ्रष्टाचार मुद्दा

पत्रकार बनेर असुली धन्दा चलाइरहेका सरकारी कर्मचारी टिका प्रसादविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं : रामेछापको मन्थली नगर विकास समितिमा काम गर्दै आएका टिका प्रसाद भट्टले आफूलाई कान्तिपुर राष्ट्रिय दैनिकको पत्रकार भनेर चिनाउने तर सरकारी कर्मचारीको परिचय लुकाएर विभिन्न सरकारी अफिसहरूमा दबाब दिन्थे। यही आरोपमा उजुरी परेपछि उनीमाथि अनुसन्धान थालिएको थियो।

उनले एउटै समयमा नगर विकास समिति, कान्तिपुर दैनिक, मिडाड नेपाल (विज्ञापन एजेन्सी), सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनी र मन्थली बचत तथा ऋण सहकारी सबै ठाउँबाट पैसा र सुविधा लिइरहेको अनुसन्धानबाट खुलेको छ।

२०४९ सालमा अस्थायी खरिदारको रूपमा नियुक्त भएका भट्टको नियुक्ति नै नियमविपरीत भएको देखिएको छ, किनभने नगर विकास ऐनमै अस्थायी कर्मचारी राख्ने व्यवस्था छैन। त्यसपछि त उनले बिना प्रक्रिया नै नायब सुब्बा पदमा बढुवा खाए।
त्यतिमात्र होइन, उनले एउटै समयमा नगर विकास समिति, कान्तिपुर दैनिक, मिडाड नेपाल (विज्ञापन एजेन्सी), सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनी र मन्थली बचत तथा ऋण सहकारी सबै ठाउँबाट पैसा र सुविधा लिइरहेका थिए। सरकारी कर्मचारी भएर पनि पत्रकारको हैसियत देखाउँदै भ्रमण भत्ता, बैठक भत्ता, विज्ञापनको कमिशन आदि थुप्रै सुविधा लिएका थिए।

जसको कारण उनले राज्यलाई ठूलो आर्थिक नोक्सानी पुर्याएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ठहर छ।
भट्टले विभिन्न सरकारी कार्यालयहरूमा भ्रमण, बैठक, सूचनाहरूको विज्ञापन प्रकाशन लगायतका बहानामा कमिशन तथा भत्ता बुझी राज्यलाई आर्थिक क्षति पुर्याएको आयोगको ठहर छ। यस कार्यमा कार्यालयका तत्कालीन प्रमुख र लेखा प्रमुखहरुको समेत संलग्नता देखिएको छ।

प्रवक्ता राजेन्द्र कुमार पौडेलले बिहीबार सार्वजनिक प्रेस विज्ञप्तिमार्फत विशेष अदालतमा दायर गरिएको उक्त मुद्दामा आरोपितहरूलाई भ्रष्टाचार निवारण ऐन बमोजिम कारबाहीको मागसहित रु १,१५,०४,१११ (एक करोड पन्ध्र लाख चार हजार एक सय एघार रुपैयाँ) गैरकानूनी लाभ प्राप्त गर्ने गराउने कार्य गरेको, गैरकानूनी तवरले कमिसन लिएको, गैरकानूनी व्यापार व्यवसाय गरेको र सरकारी सार्वजनिक सम्पत्तिको हिनामिना हानिनोक्सानी गरी भ्रष्टाचार गरेको हुँदा उक्त कार्यमा संलग्न देहायका प्रतिवादीहरु उपर देहाय बमोजिमको मागदाबी लिई आज बिशेष अदालतमा आरोपपत्र दायर गरिएको छ।

सघन सहरी तथा भवन निर्माण आयोजना, रामेछापमा व्यापक भ्रष्टाचार भएको आरोपमा त्यहाँ कार्यरत तथा पूर्वकार्यरत ६ जना कर्मचारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी आरोपपत्र दायर गरिएको छ।

विशेष अदालतमा दायर गरिएको आरोपपत्र अनुसार, कार्यालयका तत्कालीन प्रमुख अमर बहादुर थापा, नारायण प्रसाद भण्डारी, सुरेश कुमार वाग्ले, लेखा प्रमुख यमलाल बेलवासे र सुरेश प्रसाद दाहालसहित कर्मचारी टिका प्रसाद भट्ट मिलेमतोमा एक करोडभन्दा बढी रकम अनियमितता गरी भ्रष्टाचारमा संलग्न भएको पाइएको छ।

जेठ २३, २०८२ शुक्रबार १६:३८:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।