गृहमन्त्रीमाथि उठेको प्रश्नमा राजनीतिक हस्तक्षेप गर्न हुन्न, अख्तियारलाई स्वतन्त्र रूपमा काम गर्न दिनुपर्छ : गगन थापा

गृहमन्त्रीमाथि उठेको प्रश्नमा राजनीतिक हस्तक्षेप गर्न हुन्न, अख्तियारलाई स्वतन्त्र रूपमा काम गर्न दिनुपर्छ : गगन थापा

विराटनगर : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई स्वतन्त्र र निष्पक्ष रूपमा अनुसन्धान गर्न दिनुपर्ने बताएका छन्। 

शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले हाल गृहमन्त्री रमेश लेखकसम्बन्धी उठिरहेको विषयमा प्रत्यक्ष राजनीतिक हस्तक्षेप गर्न नहुने बताएका हुन्।

उनले यस प्रकरणले कानुनी सुधारको खाँचो औंल्याएको भन्दै भविष्यमा अख्तियार र अन्य अनुसन्धान निकायको संरचना, भूमिका र प्रक्रियामा व्यापक सुधार आवश्यक रहेको उल्लेख समेत गरेका छन्।

 त्यसैगरी, पार्टीको आगामी १५ औं महाधिवेशनको सन्दर्भमा बोल्दै महामन्त्री थापाले अहिले त्यसबारे सोच्ने समय नभएको स्पष्ट पारे।

उनले आफूलाई १४ औं महाधिवेशनमा दिइएको जिम्मेवारी पुरा गर्ने कार्यमा केन्द्रित रहेको समेत बताए। महामन्त्री थापा लोकतान्त्रवादी याक्थुङ संघको अधिवेशनमा सहभागि हुन धरान आएका छन्।
 

जेठ २३, २०८२ शुक्रबार १५:२७:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।