प्रतिपक्षी दलहरूको बैठक बानेश्वरमा जारी

प्रतिपक्षी दलहरूको बैठक बानेश्वरमा जारी

काठमाडौं : माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र एकीकृत समाजवादी लगायत प्रतिपक्षी दलको बैठक बसेको छ । 

बैठक नयाँ बानेश्वरस्थित संसद् भवनमा रहेको माओवादी केन्द्रका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यकक्षमा सुरु भएको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए।

प्रतिपक्षी दलले ‘भिजिट भिसा’ प्रकरणलाई लिएर प्रतिनिधिसभाको बैठकमा सरकारको जवाफ माग  गर्दै संसद् अवरुद्व गर्दै आएका छन्।

जेठ २३, २०८२ शुक्रबार १४:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।