माधव नेपालसहितका नेतामाथिको मुद्दा नियमित प्रक्रिया हो : मन्त्री गुरुङ

विराटनगर : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहितका नेतामाथि अख्तियारले दर्ता गरेको मुद्दा नियमित प्रकृयाअनुसार भएको बताएका छन्।
शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले पछिल्लो राजनीतिक घटनाक्रमप्रति प्रतिक्रिया दिँदै मुद्दा कानुनी प्रक्रिया अनुसार अघि बढिरहेको बताए। ‘यो कुनै विशेष उद्देश्यले गरिएको होइन, नियमित प्रक्रियामा अघि बढेको हो,’ मन्त्री गुरुङको भनाइ थियो।
त्यसैगरी, मन्त्री गुरुङले हाल संसदमा विचाराधीन विद्यालय शिक्षा ऐन र निजामति सेवा ऐन चालु आर्थिक वर्षको बजेट अधिवेशनमै पारित हुने विश्वास पनि व्यक्त गरे। ‘विगत लामो समयदेखि प्रतिक्षित यी दुवै विधेयक अहिलेको अधिवेशनमै पारित हुन्छन्,’ उनले भने।
गृहमन्त्री रमेश लेखकको राजीनामाको मागबारे पनि मन्त्री गुरुङले असहमति जनाए। उनले विपक्षीले उठाएको माग राजनीतिक प्रतिसोधको हिस्सा भएको टिप्पणी गरे। ‘यो माग व्यक्तिगत रिसइबीका कारण हो, आवश्यक नदेखिएको छ,’ उनले प्रष्ट पारे।
जेठ २३, २०८२ शुक्रबार १४:३७:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।