सुनवलमा कोदालो प्रहार गरी बाबु र छिमेकीको हत्या, आरोपित पक्राउ

बुटवल : पश्चिम नवलपरासीको सुनवलमा एक युवाले कोदालो प्रहार गरी आफ्नै बुबा र एक जना छिमेकीको हत्या गरेका छन्।
सुनवल नगरपालिका-२, अवरैयाका २७ वर्षीय हेमराज थारुले ५० वर्षीय बुबा जयराम थारू र ७० वर्षीय छिमेकी नाथु धरिकारको हत्या गरेको प्रहरीले पुष्टि गरेको छ।
ईलाका प्रहरी कार्यालय सुनवलका प्रहरी निरीक्षक सन्तोष पौडेलका अनुसार हेमराजले बुबाको घाँटीमा तथा छिमेकीको टाउको र घाँटीमा कोदालोले हानेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
हत्याको कारण तत्काल खुल्न नसकेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। हत्यामा संलग्न हेमराज थारूलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ।
जेठ २३, २०८२ शुक्रबार १३:०७:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।