सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

काठमाडौं : स्थानीय बजारमा आज सुनको मूल्य स्थिर हुँदा चाँदीको मूल्य बढेको छ। बिहीबारको तुलनामा आज चाँदी तोलामा ७५ रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल एक लाख ९३ हजार सात सय रुपैयाँ कायम भएको छ भने सोही परिमाणको चाँदीको मूल्य दुई हजार १५० रुपैयाँ निर्धारण भएको छ।

अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुनको मूल्य तीन हजार ३८९ डलर कायम भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमरूले जनाएका छन्।

जेठ २३, २०८२ शुक्रबार ११:१०:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।