सप्तरीमा डाँका समूहद्वारा लुटपाट, एक जनाको हत्या

सप्तरीमा डाँका समूहद्वारा लुटपाट, एक जनाको हत्या
डाँका समूहले हत्या गरेको चौधरीको घरमा अनुसन्धानमा खटिएको प्रहरी टोली।

राजविराज : डाँकाको एक समूहले सप्तरीको सुरुङगा नगरपालिका-८ को एक घरमा लुटपाट गर्नाका साथै एक जनाको हत्यासमेत गरेको छ।

बिहीबार राति डाँकाको एक समूहले कान्तलाल चौधरीको घरमा प्रवेश गरी धनमाल लुटेर उनको हत्यासमेत गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख ढकेन्द्र खतिवडाले जानकारी दिए।

डाँकाहरूको आक्रमणमा परी चौधरीका भाइ रमाकान्त घाइते भएका छन्।

चौधरीको घरबाट सुनचाँदीका गरगहना र नगद लुटिएको जनाउँदै प्रहरीले डाँकाहरूको खोजी भइरहेको बताएको छ।

जेठ २३, २०८२ शुक्रबार १०:२४:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।