मस्कका कम्पनीलाई अनुदान रोक्न ट्रम्पको धम्की, महाअभियोग लगाउनुपर्ने मस्कको प्रतिक्रिया

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अर्बपति एलन मस्कबीचको सार्वजनिक विवाद चुलिएको छ।
ट्रम्पले मस्कका कम्पनीहरूसँगको सरकारी सम्बन्ध र अनुदान रोक्ने धम्की दिँदा मस्कले भने ट्रम्पलाई महाअभियोग लगाउनुपर्ने प्रतिक्रिया दिएका छन्।
मस्कले ट्रम्पले उनलाई दिएको सरकारी खर्च कटौती गर्ने जिम्मेवारीबाट आफूलाई अलग गरेपछि विवाद सिर्जना भएको हो। त्यसयता उनीहरूले मिडिया प्लेटफर्ममा एकअर्कालाई आरोपप्रत्यारोप र धम्की दिइरहेका छन्।
मस्कले ट्रम्पको कर नीतिबारे आलोचना गरेपछि ट्रम्पले उनलाई ‘ट्रम्प डेरेन्जमेन्ट सिन्ड्रोम’ भएको टिप्पणी गरेका थिए। जवाफमा मस्कले आफूले सहयोग नगरेको भए ट्रम्पले चुनाव हार्ने भन्दै ट्रम्पमाथि विश्वासघातको आरोप लगाएका छन्।
ट्रम्पको धम्कीपछि मस्कको टेस्ला कम्पनीको शेयर १४ प्रतिशतले घटेको छ। यसैबीच, मस्कले आफ्नो स्पेस एक्स कम्पनीको ड्रागन अन्तरीक्ष यान कार्यक्रम बन्द गर्ने घोषणा गरेका छन्।
ट्रम्पले ह्वाइटहाउसस्थित ओभल अफिसमा आफू मस्कबाट निराश भएको र उनलाई धेरै सहयोग गरेको बताएका छन्।
जेठ २३, २०८२ शुक्रबार १०:०८:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।