यामालको दुई गोलमा स्पेन नेशन्स लिगको फाइनलमा, फ्रान्समाथि ५-४ गोलको जित

काठमाडौं : स्पेनले फ्रान्सलाई ५-४ गोलअन्तरले पराजित गर्दै युइएफए नेशन्स लिगको फाइनलमा स्थान बनाएको छ।
बिहीबार राति भएको सेमिफाइनल खेलमा १७ वर्षीय युवा फरवार्ड लामिन यामालले दुई गोल गर्दै स्पेनलाई जित दिलाउन महत्वपूर्ण भूमिका खेले।
खेलमा स्पेनले सुरुवातमै अग्रता लिएको थियो र एक समय ५-१ को बलियो स्थितिमा थियो।
तर, फ्रान्सले अन्तिम ११ मिनेटमा तीन गोल गर्दै खेललाई ५-४ को रोमाञ्चक अवस्थामा पुर्यायो।
फ्रान्सले खेललाई अतिरिक्त समयमा लैजाने प्रयास गरे पनि स्पेनले आफ्नो अग्रता जोगाउन सफल भयो।
अब आइतबार हुने फाइनलमा स्पेनले पोर्चुगलको सामना गर्नेछ। तेस्रो स्थानका लागि भने फ्रान्स र जर्मनीबीच प्रतिस्पर्धा हुनेछ।
जेठ २३, २०८२ शुक्रबार ०८:१३:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।