
धनगढीमा दिगोको नयाँ शोरुम

धनगढी : दिगो ग्रुपले पश्चिम नेपालमा धनगढीमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ।
ख्वाजा ट्रेडर्सलाई आधिकारिक वितरकको रूपमा नियुक्त गर्दै, दिगोले सुदूरपश्चिमका ग्राहकहरूका लागि विद्युतीय सवारी साधनको पहुँच अझ सहज बनाउने घोषणा गरेको हो।
धनगढीको नयाँ शोरुममार्फत दिगोले DFSK ब्रान्डअन्तर्गतका विभिन्न इलेक्ट्रिक भेहिकल हरू प्रदर्शन तथा बिक्रीमा ल्याउनेछ। यहाँ DFSK डाँफे ११ सिट क्षमताको इभी भ्यानदेखि १४, १६ र १९ सिट क्षमताका माइक्रो बसहरू उपलब्ध हुनेछन्, जसले सामूहिक यातायातलाई थप वातावरणमैत्री, किफायती र प्रभावकारी बनाउने लक्ष्य लिएको छ।
शोरुम उद्घाटन कार्यक्रममा बोल्दै दिगोका प्रमुख कार्यकारी अधिकृत सौरब श्रेष्ठले भने, ‘धनगढी केवल भूगोलको हिसाबले हैन, सम्भावनाको केन्द्र पनि हो। ख्वाजा ट्रेडर्ससँगको सहकार्यमार्फत दिगो यातायातको सपना सुदूरपश्चिममा मूर्तरूप दिँदैछौं। हाम्रो लक्ष्य छ-देशका सबै क्षेत्र विद्युतीय सवारी साधनमा सजिलै पहुँच राखून्।’
त्यही कार्यक्रममा ख्वाजा ट्रेडर्सका सञ्चालक गुलाम रसुल अन्सारीले यो शोरुम धनगढीका लागि मात्र नभई सम्पूर्ण सुदूरपश्चिमका लागि ठूलो अवसर भएको बताए। ‘हामी विद्युतीय यातायातको प्रवर्द्धन गर्दै धनगढी र वरपरका क्षेत्रलाई स्वच्छ र दिगो विकल्पतर्फ अघि बढाउँदैछौं,’ उनले उल्लेख गरे।
दिगोको यो पहलले सुदूरपश्चिमका व्यवसायी, शैक्षिक संस्था, सार्वजनिक यातायात सेवा प्रदायक, तथा पर्यटन क्षेत्रका लागि विद्युतीय सवारीमा लगानी गर्न सहज वातावरण तयार गर्ने विश्वास गरिएको छ।
जेठ २२, २०८२ बिहीबार २१:४०:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।