छिट्टै तीन नयाँ मोडेल ल्याउँदै सेरेस

काठमाडौं : नेपालमा सेरेस ब्रान्डबारे फैलिएको अनिश्चितता र हल्लालाई चिर्दै, सेरेसले आफ्नो उपस्थिति अझ मजबुत बनाउँदै अघि बढिरहेको स्पष्ट पारेको छ।
ब्रान्डका नेपालस्थित आधिकारिक वितरक एमएडब्ल्यू अटोमोबाइल्सका अनुसार सेरेसको कारोबार नियमित रूपमा जारी छ र छिट्टै तीनवटा नयाँ मोडेल सार्वजनिक गर्ने तयारीमा पनि छ।
नेपालको नम्बर १ अटोमोबाइल कम्पनीको रूपमा आफूलाई स्थापित गरिसकेको एमएडब्ल्यू अटोमोबाइल्सले सेरेस ग्राहकहरूको सेवा तथा सन्तुष्टिमा कुनै सम्झौता नगरिएको दाबी गरेको छ। हालसम्म देशभर ५०० भन्दा बढी सेरेस गाडीहरू बिक्री भई संचालनमा छन्।
इलेक्ट्रिक भेहिकल (ईभी) क्षेत्रमा सशक्त उपस्थिति जनाइरहेको सेरेसले दिगो यातायातप्रतिको प्रतिबद्धतासहित सेवा विस्तार गरिरहेको छ। कम्पनीले देशभर फैलिएको सर्भिस सञ्जालमार्फत समयमै गुणस्तरीय सेवा उपलब्ध गराइरहेको छ। अहिले सेरेस गाडीहरू १२२ वटा चार्जिङ स्टेसनहरूको सञ्जालबाट सपोर्टेड छन्, जसले ईभी प्रयोगकर्तालाई देशभर सहज पावर एक्सेस सुनिश्चित गरेको छ।
जेठ २२, २०८२ बिहीबार २१:२६:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।