जेभियर इन्टरनेसनल स्कुललाई १३ वटा फोटोन माउन्टेन इलेक्ट्रिक भ्यान हस्तान्तरण

जेभियर इन्टरनेसनल स्कुललाई १३ वटा फोटोन माउन्टेन इलेक्ट्रिक भ्यान हस्तान्तरण

काठमाडौं : काठमाडौंस्थित जेभियर इन्टरनेसनल स्कुलले वातावरणमैत्री शिक्षातर्फ महत्वपूर्ण पाइला चालेको छ। बुधबार माव वृद्वि कमर्सियल भेहिकलले स्कुललाई १३ वटा नयाँ फोटोन माउन्टेन इलेक्ट्रिक (ईभी) स्कूल भ्यान हस्तान्तरण गरेको हो।

काठमाडौंमा आयोजित एक समारोहमा माव वृद्विका सीईओ तुषार गुप्ता र बिक्री प्रमुख नविन आचार्यले औपचारिक रूपमा स्कुल प्रतिनिधिलाई गाडीको साँचो हस्तान्तरण गरे। फोटोन मोटर्सको आधिकारिक आयातकर्ता माव वृद्विले ल्याएका यी ईभी भ्यानहरूले अब जेभियर स्कुलका विद्यार्थीलाई सुरक्षित, आरामदायी र प्रदूषणरहित यात्राको अनुभव दिलाउनेछन्।

कार्यक्रममा बोल्दै सीईओ तुषार गुप्ताले भने, ‘जेभियर इन्टरनेसनल स्कुलसँगको सहकार्यमा हामी निकै गर्व गर्छौं। यी भ्यानहरू आधुनिक यातायात आवश्यकतालाई सम्बोधन गर्न डिजाइन गरिएका छन्, जसले वातावरणप्रति संवेदनशील दृष्टिकोण पनि राख्दछ।’ 

बिक्री प्रमुख नविन आचार्यले भने, ‘फोटोन माउन्टेन ईभीले सुरक्षा, दिगोपन, स्थान र दक्षतालाई एकसाथ ल्याएको छ। हामी यो साझेदारीमार्फत विद्यार्थी, अभिभावक र सम्पूर्ण समुदाय लाभान्वित हुनेमा आशावादी छौं।’ 

जेभियर इन्टरनेसनल स्कुलका प्रतिनिधिहरूले पनि वातावरणप्रति उत्तरदायी र स्थायी भविष्य निर्माणतर्फ लिएको यस कदमप्रति उत्साह व्यक्त गरे।

जेठ २२, २०८२ बिहीबार २१:१६:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।