राज्यका अंगहरूमाथि फितलो टिप्पणी नगर्न नेपाललाई बर्तौलाको आग्रह

काठमाडौं : एमालेका प्रमुख सचेतक तथा सांसद महेश बर्तौलाले पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको पछिल्लो अभिव्यक्तिप्रति कडा आपत्ति जनाएका छन्।
संसद भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै बर्तौलाले प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा आफूविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरिएको भन्ने माधव नेपालको आरोप निराधार र प्रतिशोधपूर्ण भएको बताए।
‘संवैधानिक आयोगहरूले प्रक्रिया अनुसार काम गर्छन्। त्यसमा प्रधानमन्त्रीले गरायो भनेर आरोप लगाउँदै हिँड्नु उपयुक्त होइन,’ उनले भने, ‘राज्यका अंगहरूमाथि यसरी फितलो टिप्पणी गर्नु ठीक होइन। यस्तो अभिव्यक्तिले उहाँकै स्वास्थ्यमा असर पर्न सक्छ।’
सांसद बर्तौलाले आरोप लगाउने शैली राजनीतिक संस्कार विपरित भएको भन्दै संविधानले तोकेको सीमाभित्र रहेर अभिव्यक्ति दिन सबैलाई आग्रह गरे। ‘अरू केही नपाएपछि यसरी आरोप लगाउने प्रवृत्ति देखिएको छ,’ उनले थपे।
जेठ २२, २०८२ बिहीबार २०:३९:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।