एयरपोर्टबाट सिधै पार्टी कार्यालय पुगेका नेपाल तेस्रो चरणको वार्तामा

एयरपोर्टबाट सिधै पार्टी कार्यालय पुगेका नेपाल तेस्रो चरणको वार्तामा

काठमाडौं : एकीकृत समाजवादी अध्यक्ष माधव कुमार नेपाल रौतहटबाट फर्किए लगत्तै पार्टी केन्द्रीय कार्यालय आलोकनगर पुगेका छन्।

आफूविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि गृहजिल्लाबाट फर्किएका नेपालले पार्टी कार्यालयमा पुगेर पार्टीका सांसद, नेता तथा कार्यकर्ताहरूसँग बसेर छलफल गरेका छन्। छलफलमा नेपालले आफूले कुनै गल्ती नगरेकाले निराश नहुन आग्रह गरे। 

नेपालले दोस्रो चरणमा पार्टी कार्यालयमै कानून व्यवसायीसँग परामर्श लिएका थिए। कानुनी सल्लाहका लागि वरिष्ठ कानुन व्यवसायी शम्भु थापा र गोविन्द बन्दी आलोकनगर पुगेका थिए। कानुनी परामर्श पछि नेपाल शीर्ष तहका नेताहरूसँग छलफलमा व्यस्त छन्। 

पार्टी नेताहरूका अनुसार छलफलपछि औपचारिक धारणा सार्वजनिक गरिनेछ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलि जग्गा हिनामिना प्रकरणमा नेपालसहित ९३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।

जेठ २२, २०८२ बिहीबार १९:०४:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।