प्रतिपक्षले विरोध नरोकेपछि शुक्रबारसम्मका लागि सर्यो प्रतिनिधि सभा बैठक

प्रतिपक्षले विरोध नरोकेपछि शुक्रबारसम्मका लागि सर्यो प्रतिनिधि सभा बैठक

काठमाडौं : प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक अपराह्न ५:३० बजे सुरु थियो। बैठक सुरू भए लगत्तै विपक्षी दलका सांसदहरू उठेर विरोध जनाए।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै विपक्षीहरूले सदन अवरुद्ध गरिरहेका छन्। सत्तापक्षले विपक्षी दलहरूले उठाएका विषयमा सहमति जनाउन नमानेपछि र विपक्षीहरू पनि आफ्ना अडानमा अडिग रहँदा संसद् अघि बढ्न सकेको छैन।

ढिलोगरि सुरू भएको बैठकमा केहिबेर सत्ता र प्रतिपक्षी बीच बाजाबाज भएको थियो। सभामुखले धेरैपटक अनुरोध गर्दापनि अवरोध कायमै रहेपछि बैठक शुक्रबार दिनको एक बजेसम्मका लागि स्थगित गरिएको छ। 
 

जेठ २२, २०८२ बिहीबार १७:४४:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।