साताको कारोबारको अन्तिम दिन पाँच अंकले तल झर्‍यो नेप्से परिसूचक

साताको कारोबारको अन्तिम दिन पाँच अंकले तल झर्‍यो नेप्से परिसूचक

काठमाडौं : साताको अन्तिम कारोबारी दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५.९९ अङ्कले घटेर २,६४०.९६ विन्दुमा झरेको छ।

नेप्सेका अनुसार आज ३११ कम्पनीका कुल १ करोड ७१ लाख ८ हजार ८०९ कित्ता सेयर ७७ हजार ६७० पटक किनबेच भएका छन्। कुल कारोबार रकम ७ अर्ब ९७ करोड ८ लाख ८६ हजार ६६३ रुपैयाँ ४६ पैसा पुगेको छ।

अघिल्लो दिनको ५ अर्ब १६ करोड ३३ लाख ३४ हजार ५२२ रुपैयाँको तुलनामा आज कारोबार रकममा उल्लेखनीय वृद्धि देखिएको छ।

आज ९४ कम्पनीका सेयर मूल्य बढेका छन् भने १९३ कम्पनीका घटेका छन्। एक कम्पनीको मूल्य स्थिर रह्यो।
रिर्भस फल्स पावर लिमिटेडको सेयरमा आज सकारात्मक सर्किट लागेको छ, जबकि ओम मेगाश्री फर्मास्युटिकल्सको सेयर मूल्य सबैभन्दा धेरै, ९.३० प्रतिशतले घटेको छ।

जेठ २२, २०८२ बिहीबार १६:५३:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।