राजावादीले प्रदर्शन गर्नु अर्थहिन रहेको देउवाको टिप्पणी

धनुषा : नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराजा समर्थकहरूको आन्दोलन अर्थहीन भएको बताएका छन्।
जनकपुरधाम विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै देउवाले राजावादीको आन्दोलन तुहिसकेकाले प्रदर्शन गर्नु अर्थहिन रहेको टिप्पणी गरे।
सभापति देउवाले पूर्वराजा समर्थकले आन्दोलन गर्नु गणतन्त्र विरोधी गतिविधि भएकाले जनताको त्याग र सङ्घर्षबाट आएको गणतन्त्रविरुद्ध कार्य स्वीकार्य नहुने बताए।
उनले गृहमन्त्रीको राजीनामा माग गर्नु तर्कहीन रहेको भन्दै संसद् अवरोध नगर्न प्रतिपक्ष दललाई आग्रह गरे।
जेठ २२, २०८२ बिहीबार १५:४४:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।