संसद् गतिरोध हटाउन छलफल तीव्र : विपक्षीको पर्खाइमा सभामुख , विपक्षी दल आन्तरिक परामर्शमा

संसद् गतिरोध हटाउन छलफल तीव्र : विपक्षीको पर्खाइमा सभामुख , विपक्षी दल आन्तरिक परामर्शमा
फाइल तस्बिर

काठमाडौं : प्रतिनिधिसभामा जारी रहेको गतिरोध अन्त्यका लागि राजनीतिक दलहरू र सभामुखबीच आन्तरिक छलफलहरू तीव्र पारिएको छ।

सभामुख देवराज घिमिरेले सदन खुलाउनका लागि विपक्षी दलहरूसँग संवाद गर्न पर्खिरहेका छन्।

सभामुख घिमिरेले अहिले उपसभामुख इन्दिरा राना मगर, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसिया, सत्ता पक्षका प्रमुख सचेतकहरू तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतकसँग परामर्श गरिरहेका छन्।

यसैबीच, संसद्मा गतिरोध उत्पन्न गरिरहेका विपक्षी दलहरू पनि आन्तरिक रणनीति बनाउन छलफलमा जुटेका छन्।

विपक्षी दलहरूको बैठक माओवादी केन्द्रका संसदीय दलका नेताको कार्यकक्षमा बसिरहेको छ। यस बैठकमा भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र छानबिन समिति गठनको मागका विषयमा साझा धारणा बनाउने प्रयास भइरहेको छ।

सभामुखले सत्ता पक्ष र अन्य दलहरूसँगको छलफलपछि विपक्षी दलहरूसँग संवाद गरी सदनको गतिरोध अन्त्य गर्ने अपेक्षा गरिएको छ।

जेठ २२, २०८२ बिहीबार १३:३३:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।