काठमाडौंमा जारी निषेधाज्ञा कार्यान्वयन नगर्न माग गर्दै दिइएको रिट सर्वोच्चद्वारा दरपीठ

काठमाडौंमा जारी निषेधाज्ञा कार्यान्वयन नगर्न माग गर्दै दिइएको रिट सर्वोच्चद्वारा दरपीठ

काठमाडौं : काठमाडौंमा जारी गरिएको निषेधाज्ञा कार्यान्वयन नगर्न माग गर्दै संयुक्त जनआन्दोलन समितिका प्रवक्ता स्वागत नेपालले दायर गर्न खोजेको रिट निवेदन सर्वोच्च अदालतले दरपीठ गरिदिएको छ।

सर्वोच्च प्रशासनले सार्वजनिक सरोकारको विषयमा निवेदकको सरोकार नदेखिएको भन्दै बुधबार रिट अस्वीकार गरेको हो।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले कोटेश्वर, बल्खु र चाबहिल (सिफल चौर) बाहेक अन्यत्र ५ जनाभन्दा बढी भेला हुन नपाउने गरी निषेधाज्ञा जारी गरेको थियो।

यो राजसंस्था पुनर्स्थापनाको मागसहित भइरहेका आन्दोलन रोक्न आएको भन्दै यसको विरोध भइरहेको छ।

रिट निवेदकले सरकारको यो निर्णयले संविधानले प्रत्याभूत गरेका मौलिक हक कुण्ठित गरेको जिकिर गर्दै उक्त सूचना बदर गर्न माग गरेका थिए।

प्रवक्ता स्वागत नेपालले दरपीठविरुद्ध अर्को निवेदन दिने बताएका छन्।

जेठ २२, २०८२ बिहीबार १३:१०:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।