अब ग्लोलब आइएमई बैंक जाँदा ईभी चार्ज गर्न सकिने

अब ग्लोलब आइएमई बैंक जाँदा ईभी चार्ज गर्न सकिने

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले विश्व वातावरण दिवसको अवसर पारेर विद्युतीय सवारी साधन (ईभी) चार्ज गर्नका लागि चार्जिङ स्टेशन सञ्चालनमा ल्याएको छ। बैंकले आफ्नो कर्पोरेट कार्यालय कमलादीमा यो स्टेशन स्थापना गरेको हो।

बिहिबार आयोजित एक कार्यक्रममा बैंकका सञ्चालक कृष्ण प्रसाद शर्मा, नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र गाडी चार्ज प्रालिका प्रमुख कार्यकारी अधिकृत प्रेशा श्रेष्ठले संयुक्त रूपमा उक्त चार्जिङ स्टेशनको उद्घाटन गरे।

यो स्टेशन गाडी चार्ज प्रालिसँगको सहकार्यमा स्थापना गरिएको हो र सिसिटू सिङ्गल गन रहेको  यसको क्षमता ४० किलोवाट छ।

बैंकमा सेवाका लागि आउने ग्राहक तथा बैंकका कर्मचारीहरूले यस स्टेशनमा आफ्नो ईभी चार्ज गर्न सक्नेछन्। पछिल्लो समय ईभी प्रयोगकर्ता बढेसँगै ग्राहकको सुविधालाई ध्यानमा राखेर बैंकले यो व्यवस्था मिलाएको हो।

उद्घाटन कार्यक्रममा सञ्चालक शर्माले ग्राहकको सुविधा र वातावरण अनुकूल ईभीको प्रवर्द्धनका लागि यो स्टेशन स्थापना गरिएको बताए। बैंकले व्यवसाय विस्तारसँगै वातावरणमैत्री उपाय अपनाइरहेको उनले उल्लेख गरे।

नायब प्रमुख कार्यकारी अधिकृत पोखरेलले ग्लोबल आइएमई बैंक वातावरण संरक्षण र उत्तरदायी बैंकिङप्रति प्रतिबद्ध रहेको दोहोर्याए।

बैंकले १८औं वार्षिकोत्सव तथा विश्व वातावरण दिवसको अवसरमा १८ हजार विरुवा रोपण गरिरहेको जानकारी दिँदै वातावरणमैत्री प्रोडक्टहरू ल्याएर जलवायु परिवर्तनको असर न्यूनीकरणमा काम गरिरहेको उनले बताए।

कार्यक्रममा बैंकका उच्च पदस्थ कर्मचारी तथा गाडी चार्ज प्रालिका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

जेठ २२, २०८२ बिहीबार १०:५९:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।