सिद्धार्थ बैंकका ग्राहकलाई विराटनगरको गोल्डेन हस्पिटलमा १० प्रतिशतसम्म छुट

सिद्धार्थ बैंकका ग्राहकलाई विराटनगरको गोल्डेन हस्पिटलमा १० प्रतिशतसम्म छुट

काठमाडौं : सिद्धार्थ बैंक र विराटनगरको गोल्डेन हस्पिटलबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ।

विराटनगरमा भएको एक कार्यक्रममा गोल्डेन हस्पिटल प्राइभेट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मोहम्मद जियाउल हक र सिद्धार्थ बैंक लिमिटेडका विराटनगर शाखा प्रबन्धक सूर्यप्रसाद शर्माबीच सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो।

सम्झौता अनुसार बैंकका ग्राहकले बिराटनगर स्थित गोल्डेन हस्पिटलमा बैंकको कार्ड तथा मोबाईल बैंकिङ्ग सेवाबाट भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।

यस सम्झौताले ग्राहकहरूलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने बैंकको विश्वास छ।

जेठ २२, २०८२ बिहीबार ०९:५९:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।