आरसीबीको परेडमा ११ जनाको मृत्यु भएको घटनाबारे बोले विराट कोहली

आरसीबीको परेडमा ११ जनाको मृत्यु भएको घटनाबारे बोले विराट कोहली

एजेन्सी : बेंगलुरुमा भएको भागदौडमा ११ जनाको मृत्यु भएको घटनामा भारतीय ब्याट्सम्यान विराट कोहलीले प्रतिक्रिया दिएका छन्।

कोहलीले सामाजिक सञ्जाल प्लेटफर्म इन्स्टाग्राममा रोयल च्यालेन्जर्स बैंगलोरले जारी गरेको एक विज्ञप्ति सेयर गर्दै यस घटनाबाट आफू पूर्ण रूपमा स्तब्ध भएको बताएका छन्। कोहली बैंगलोरका महत्त्वपूर्ण खेलाडी हुन्।

उनले लेखेका छन्, ‘मसँग भन्नको लागि कुनै शब्द छैन। म पूर्ण रूपमा भावुक छु।’

आरसीबीले जारी गरेको विज्ञप्तिमा दुर्भाग्यपूर्ण घटनाहरूबाट टिम दुःखी भएको तथा सबैको सुरक्षा र कल्याण हाम्रो लागि अत्यन्त महत्त्वपूर्ण भएको उल्लेख गरेको छ।

आरसीबीले जीवन र सम्पत्तिको क्षतिप्रति दुःख व्यक्त गर्दछ र प्रभावित परिवारहरूप्रति समवेदना प्रकट गरेको छ।

बुधबार बेंगलुरुको चिन्नास्वामी रंगशाला बाहिर भागदौड हुँदा कम्तिमा ११ जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन्।

कर्नाटकका मुख्यमन्त्री सिद्धरामय्याले यस विषयमा मजिस्ट्रेटीय अनुसन्धानको घोषणा गरेका छन्।

बुधबार, आईपीएलमा रोयल च्यालेन्जर्स बैंगलोरको जितको उत्सव मनाउन रंगशाला बाहिर दुई लाखको हाराहारीमा बढी प्रशंसकहरू भेला भएका थिए।

१८ वर्षपछि आईपीएल ट्रफी जितेकोमा युवा, महिला, पुरुष र वृद्धवृद्धाहरू पनि सडकको छेउमा उभिएर आरसीबी टोलीलाई स्वागत गरिरहेका थिए।

जेठ २२, २०८२ बिहीबार ०९:०२:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।