झापाको दमकमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

झापाको दमकमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

भद्रपुर : झापाको दमक-७, पूर्वपश्चिम राजमार्गमा बुधबार साँझ यात्रुबाहक बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार दुर्घटनामा मोटरसाइकल चालक मिलन थापाको मृत्यु भएको हो।

दमकबाट केर्खातर्फ जाँदै गरेको मे१ख ३०२७ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको प्र ०१-०२-०५२ प २२११ नम्बरको मोटरसाइकल ठोक्किएको थियो।

दुर्घटनालगत्तै गम्भीर घाइते भएका मोटरसाइकल चालक थापालाई उपचारका लागि विराटनगरस्थित आर्य न्यूरो अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि बस चालक झापाको गौरादह-४ बस्ने सरकार टुडुलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुवै सवारीसाधनलाई पनि प्रहरीले नियन्त्रणमा राखी थप अनुसन्धान गरिरहेको छ।

जेठ २२, २०८२ बिहीबार ०७:५५:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।