अफगानिस्तान र म्यानमारसहित १२ देशका नागिरकमाथि अमेरिका यात्रामा प्रतिबन्ध

अफगानिस्तान र म्यानमारसहित १२ देशका नागिरकमाथि अमेरिका यात्रामा प्रतिबन्ध

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १२ देशका नागरिकहरूलाई अमेरिका यात्रा गर्न प्रतिबन्ध लगाएका छन्।

ह्वाइट हाउसका अनुसार ट्रम्पले यात्रा प्रतिबन्धसँग सम्बन्धित आदेशमा हस्ताक्षर गरेका छन्।

यी देशहरूमा अफगानिस्तान, म्यानमार, चाड, कंगो गणराज्य, इक्वेटोरियल गिनी, इरिट्रिया, हैटी, इरान, लिबिया, सोमालिया, सुडान र यमन समावेश छन्।

यसबाहेक, बुरुन्डी, क्युबा, लाओस, सियरा लियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएला लगायतका सात देशका नागरिकहरू आंशिक यात्रा प्रतिबन्धमा परेका छन्।

अमेरिकी नागरिकलाई ‘खतरनाक विदेशी तत्वहरू’ बाट जोगाउन यी प्रतिबन्धहरू लगाइएको अमेरिकी अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

यो घोषणा ९ जुन सोमबारदेखि लागू हुनेछ।

केही देशहरूबाट यात्रा प्रतिबन्ध लगाउने आदेश दिँदा ट्रम्पले यस्तो घोषणा गरेको यो दोस्रो पटक हो। आफ्नो पहिलो कार्यकालमा, ट्रम्पले २०१७ मा यस्तै आदेशमा हस्ताक्षर गरेका थिए।

जेठ २२, २०८२ बिहीबार ०७:४०:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।