देशका केही भागमा वर्षा जारी, सतर्कता अपनाउन महाशाखाको आग्रह

देशका केही भागमा वर्षा जारी, सतर्कता अपनाउन महाशाखाको आग्रह

काठमाडौं : हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशलगायत पूर्वी भूभागमा मनसुनी वायुको प्रभाव रहेको छ।

यसैको प्रभावले हाल देशभर आंशिकदेखि साधारणतया बदली रही हरेक प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो दिउँसो कोशी प्रदेशका केही स्थानमा तथा मधेश र बागमती प्रदेशसहित देशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

देशका बाँकी भूभागको एक-दुई स्थानमा पनि हल्का वर्षा हुन सक्छ। यसका अलावा उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

राति कोशी प्रदेशका थोरै स्थानमा तथा मधेश, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

साथै कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ।

जेठ २२, २०८२ बिहीबार ०७:२३:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।