प्रधानमन्त्री ओलीले भने ‘ सामाजिक सञ्जालमा मुख छाड्ने प्रवृत्ति ठिक होइन’

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमा मुख छाड्ने प्रवृत्तिहरू ठिक नभएको बताए। बुधवार काठमाडौंमा आयोजित नव प्रवर्तक युवासँग उनले सामाजिक सञ्जालमा मुख छाड्नेहरू उल्टै पारिवारिक तनावमा परेकाहरू हुने दाबी गरे।
उनले कार्यक्रममा युवाहरूले रोजगारी खोज्नेतिर भन्दा रोजगारी सृजना गर्नेतिर लाग्नुपर्ने भन्दै उद्यमशीलता, रोजगारी, बजारीकरण र नयाँपनका माध्यमबाट स्वदेशमै अवसर रहेको त्यही देखाएर युवाहरूलाई विदेश जानबाट रोक्नुपर्ने बताए।
उनले सरकारी जागिर सीमित हुने र एक प्रतिशतले मात्र पाउने भएकाले सरकारी जागिर मात्र नखोजी उद्यमशीलताको विकास गर्नुपर्नेमा जोड दिए।
उनले पूर्वाधारबिना विकास सम्भव नहुने भन्दै पहिला न्यूनतम पूर्वाधारको विकास आवश्यक रहेको र युवाहरूका लागि उद्यमशीलता र रोजगारी सृजनामा सरकारको उच्च प्राथमिकता रहेको बताए।
उनले शिक्षामा जनशक्ति प्रक्षेपणको नीति तर्जुमाका लागि अध्ययन गराएको स्मरण गर्दै आगामी आर्थिक वर्षको बजेटमा ‘जेन्जी’ पुस्ता र ‘स्टार्टअप’ का कार्यक्रमलाई उच्च महत्त्व दिइएको बताए।
सो अवसरमा प्रधानमन्त्री ओलीले ‘आइडिया स्टुडियो’ को सम्बद्र्धनमा स्वदेशमै उत्पादित सामान तथा आविष्कारहरूको प्रदर्शनी अवलोकन गरेका थिए ।
जेठ २१, २०८२ बुधबार २०:३८:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।