विश्वकप लिग २ मा नेपाललाई नेदरल्याण्ड्सको २२६ को चुनौती

काठमाडौं : आइसिसी क्रिकेट विश्वकप लिग २ को खेलमा नेदरल्याण्ड्सले नेपाललाई २ सय २६ रनको चुनौती दिएको छ।
स्कटल्यान्डको डुन्डीमा जारी खेलमा टस जितेपछि नेदरल्याण्ड्सले पहिले ब्याटिङ रोजेर ४९.१ ओभरमा २ सय २५ रन बनाएको थियो।
नेदरल्याण्ड्सका लागि ब्याटर नोआह क्रोएसले सर्वाधिक ४८ रन बनाए। कप्तान स्कट एड्वार्ड्सले ४६ रन बनाए भने विक्रमजित सिंहले ३८ रन बनाए। रोलफ भान डर मर्वेले २१ रन बनाए।
नेपालका लागि सोमपाल कामीले ९.१ ओभरमा ४८ रन दिएर ३ विकेट लिएका थिए भने करण केसी, सन्दीप लामिछाने र ललित राजवंशीले २-२ विकेट लिए।
जेठ २१, २०८२ बुधबार २०:२५:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।