सेयर बजारमा बजेट र नयाँ गभर्नरको प्रभाव परेन, परिसूचक २६४६ आइपुग्यो

सेयर बजारमा बजेट र नयाँ गभर्नरको प्रभाव परेन, परिसूचक २६४६ आइपुग्यो

काठमाडौं : सेयर बजार ११.९७ अंक घट्दा नेप्से परिसूचक २६४६ मा झरेको छ। बुधवार भएको कारोबारमा कारोबार रकम समेत घटेर ५ अर्ब १६ करोडमा आइपुग्यो।  मंगलबार ६ अर्ब ६७ करोडको कारोबार भएको थियो। 

बुधवार ६६ कम्पनीको मूल्य बढ्दा १ सय ८१ कम्पनीको मूल्य घट्यो। एउटा कम्पनीको मूल्य स्थिर रह्यो। बुधवार फाइनान्स सबैभन्दा धेरै ०.९० प्रतिशत घट्यो। बैङ्किङ ०.५९, विकास बैंक ०.७१, होटेल तथा पर्यटन ०.४७, हाइड्रोपावर ०.३९, लगानी ०.०८, जीवन बीमा ०.४८, माइक्रोफाइनान्स ०.८२, निर्जीवन बीमा ०.६८ तथा अन्य ०.५४ प्रतिशत घट्यो।

विशाल बजार कम्पनीको सेयरको मूल्य बढ्दा  व्यापार क्षेत्रको मूल्य सबैभन्दा धेरै ०.४९ प्रतिशतले बढ्यो। यो सूचीमा विशाल बजार र साल्ट ट्रेडिङ मात्र सूचीकृत छन्। ओम मेगाश्री फर्मास्युटिकल्स र पियोर इनर्जीको सेयर मूल्य १० प्रतिशत बढ्यो। सुपर माइ हाइड्रोपावरको ७.३४, अरुण काबेली पावरको ३.३९, माइखोला हाइड्रोपावरको २.८ प्रतिशत मूल्य बढ्यो। कर्पोरेट डेभलपमेन्ट बैंकको ५.८१, मिडसोलु हाइड्रोपावरको ३.७०, उपकार लघुवित्तको ३.४० तथा सामुदायिक लघुवित्तको ३.३० प्रतिशत मूल्य घट्यो।

जेठ २१, २०८२ बुधबार १६:५०:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।